दुई महिने शिशुसहित एकै परिवारका १७ जनामा कोरोना

नेपालगन्ज : नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित हुनेको संख्या ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा पर्साको वीरगन्जमा बुधबार १० जना पुरुष र ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार संक्रमितहरु २ महिने शिशुदेखि ६६ वर्षसम्मका छन् । वीरगन्ज ३ छपकैयामा कोरोना भेटिएका १७ जना एकै परिवारका सदस्य भएको अनलाइन खबर डटकमले नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएको समाचार प्रकाशित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *