एकैदिन १३६ को थ्रोट स्वाब संकलन

नेपालगन्ज : नेपालगन्ज ८ कोरोना प्रभावित क्षेत्रबाट बुधबार एकैदिन एक सय ३६ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार २२ जना संक्रमितको सम्पर्कमा रहेका भैरव टोलको राजनको पान पसल, मन्डन मोहला (पान पसल), रानी तलाउको तरकारी मण्डी, नाउ टोल र टाँगा स्टेशनको किराना पसल क्षेत्रका व्यक्तिहरुको स्वाब संकलन गरिएको हो ।
शुक्रबार नेपालगन्ज ५ का ६० वर्षका वृद्धमा कोराना संक्रमण पुष्टि भएपछि उनको सम्पर्क रहेको नेपालगन्ज ८ का ९४ जनाको कोरोना जाँच गर्दा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २२ जनाको सम्पर्कमा रहेका ब्यक्तिहरुको खोजी गर्दै अहिले कोरोना जाँच जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *