संक्रमितसँग सम्पर्क भएका ५४ जनाको रिपोर्ट नेगेटिभ

नेपालगन्ज : कोरोना संक्रमित व्यक्तिसँग सम्पर्क भएको ५४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।
नेपालगन्ज उपमहानगरपालिका ८ मा मंगलबार संकलन गरिएका ५४ जनाको थ्रोट स्वाबलाई भेरी अस्पतालको पीसीआर प्रविधिबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको भेरी अस्पतालले जनाएको छ । दिउँसो ३४ जनाको र राति २० जनाको रिपोर्ट आएको हो । बुधबार संकलन गरिएका एक सय ३६ जनाको स्वाब भने बिहीबार परीक्षण गरिने अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *