कोरोनाबाट भारत, पाकिस्तानलगायत दक्षिण एशियाका ६ देशमा २ हजार ६२० जनाको मृत्यु (सूचीसहित)

नेपाल र भुटानमाबाहेक सबै देशमा कोरोनाबाट मृृत्यु

नेपालगन्ज : दक्षिण एशियाका ६ देशमा कोरोना भाइरस (कोभिड १९) बाट दुई हजार ६ सय २० जनाको मृत्यु भएको छ ।
विश्वव्यापी कोरोना भाइरसको अवस्था अपडेट गर्ने वल्डोमिटर्स डट इन्फोको बिहीबार बिहान ११ः१५ बजेसम्मको रेकर्ड अनुसार सार्कका ८ देशमा देशमा संक्रमितको संख्या ९३ हजार सात सय २९ पुगेको छ भने निको हुने २३ हजार नौ सय १८ जना मात्र रहेका छन् । नेपाल र भुटानमाबाहेक सबै देशमा कोरोनाबाट मृृत्यु भएको छ । कोरोनाबाट भारतमा मात्र एक हजार सात सय ८५ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या भने ५३ हजार २५ पुगेको छ । पाकिस्तानमा पाँच सय ६४, बंगलादेशमा एक सय ८६, अफगानिस्तानमा एक सय चार, श्रीलंकामा ९ र माल्दिभ्समा २ जनाको कोरोनाबाट ज्यान गएको छ । सबैभन्दा कम संक्रमित भुटानमा ७ र नेपालमा ९९ जना छन् । भुटानमा कोरोना संक्रमितको संख्या केही दिनदेखि स्थिर छ भने निको हुने संख्या बढेर ५ पुगेको छ ।
विश्वमा ३८ लाख २० हजार पाँच सय ५५ संक्रमितमध्ये दुई लाख ६५ हजार ८४ जनाको मृत्यु भइसकेको छ । जसमध्ये १३ लाख तीन हजार २९ जना निको भएर घर फर्केका छन् । विश्वमा सबैभन्दा बढी अमेरिकामा ७४ हजार आठ सय सात जनाको छन् । संक्रमितको संख्या १२ लाख ६३ हजार एक सय ९७ रहेको छ ।