समाचार प्रभाव : बिरामी कैदी थापाको उपचार सुरु

नेपालगन्ज : बाँके जिल्ला कारागारका बिरामी कैदी कृष्णबहादुर थापाको शुक्रबार उपचार सुरु भएको छ ।
कारागारमा रोगले थलिएर उपचार नपाएकोबारे मेरो खुसी डटकममा समाचार प्रकाशित भएपछि कारागार प्रशासनले उनको उपचार थालेको हो । जेलर जेलर देवेन्द्र श्रेष्ठले नेपालगन्ज मेडिकल कलेजमा उपचार गर्न पठाएको बताए । उनले भने भर्ना नै गर्न पर्र्ने भए भर्ना गर्नु भनेर पठाएको छु । अधिवक्ता पूर्ण ढकालले फेसबुकमा स्टाटस लेखेर कोहलपुर घर भएका कैदी कृष्णबहादुर थापाले २० दिनदेखि रोगले थलिएर उपचार नपाएको उल्लेख गरेका थिए ।