जामा मस्जिद आसपासका ७५ को रिपोर्ट नेगेटिभ

नेपालगन्ज : नेपालगन्जको एक्लैनीस्थित जामा मस्जिद र आसपासका वासिन्दाको ७५ वटा नमूनाको सबै रिपोर्ट नेगेटिभ आएको छ ।
जिलला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबावु श्रेष्ठका अनुसार शनिबार संकलित ७५ स्वाबको भेरी अस्पतालको कोरोना प्रयोगशालामा परीक्षण गर्दा सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
शनिबार नै टाँगा स्टेशनमा गरिएको एक सय ६५ जनाको स्वाब परीक्षणका लागि काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । श्रेष्ठले ती नमूनाको पनि परीक्षण सुरु भएको बताएका छन् । कोहलपुर क्षेत्रबाट आइतबार संकलन गरिएका ३० वटा नमूनाको पनि भेरी अस्पतालमा परीक्षण भइरहेको छ ।