बर्दियाको पहिलो कोरोना संक्रमित राजापुरकी ११ वर्षीया बालिका

नेपालगन्ज : बर्दिया जिल्लामा पनि एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
राजापुर नगरपालिका ५ की ११ वर्षीया बालिकालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ विज्ञप्ती जारी गरेर जनाएको छ ।
बिहान १० जनामा संक्रमण देखिएको कपिलवस्तुमा पनि साँझ थप १२ जनामा कोरोना पुष्टि भएको छ । कपिलवस्तु प्रदेश ५ मा सबैभन्दा बढी २७ जना कोरोना संक्रमित भएको जिल्ला भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *