कालापानी क्षेत्रमा शसस्त्र प्रहरीको वीओपी (फोटो फिचर)

दार्चुुलाको व्यासमा वीओपी स्थापना गर्दै सशस्त्र प्रहरी बल । फोटो सौजन्य : सशस्त्र प्रहरी बल

दार्चुलाको कालापानी क्षेत्रमा सशस्त्र प्रहरी बलले वीओपी स्थापना गरेको छ । दार्चुला सदरमुकामस्थित ५० नं. गुम्मबाट प्रहरी निरीक्षकको कमाण्डमा २५ जना रहने गरी व्यास नगरपालिका १ छाङरुमा वीओपी स्थापना गरेको हो । बुधबार उनीहरुलाई हेलिकोप्टरमा लगिएको थियो । भारतले अतिक्रमण गरेको सो क्षेत्रमा वर्षौदेखि नेपाली सुरक्षाकर्मीको उपस्थिति थिएन । वीओपी स्थापना गरेको क्षेत्र कालापानीदेखि १७ किलोमिटर र जिल्ला सदरमुकामदेखि ९० किलोमिटरको दूरीमा पर्छ ।