भारतबाट आएका ४६६ मध्ये तीन जनाको आरडीटी पोजेटिभ

नेपालगन्जको सीमा नाका जमुनाहामा भारतबाट आएकाहरुको कोरोना परीक्षण गरिँदै । फोटो : मेरो खुसी

नेपालगन्ज : बिहीबार राति भारतको नानपारास्थित क्वारेन्टाइनलगायतका क्षेत्रबाट फिर्ता ल्याइएका नेपालीको आरडीटी प्रविधिबाट कोरोना परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोेरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार भारतबाट आएका चार सय ६६ जनाको आरडीटी परीक्षणमा कालिकोट, सुर्खेत र नुवाकोटका एक एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । शुक्रबार नै उनीहरुको पीसीआर प्रविधिबाट पनि कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । बाँकेका दुई सय २२ जनाको भने कुनै परीक्षण गरिएको छैन । उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखेर पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्ने बताइएको छ ।