राति ११ बजेसम्म भारतबाट ६८७ नेपाली नेपालगन्ज आए

नेपालगन्ज : भारतको नानपारास्थित क्वारेन्टाइनमा रहेका समेत गरी ६ सय ८७ जना नेपाली बुुधबार राति ११ बजेसम्म नेपालगन्ज पुगेका छन् ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार भारतबाट आउनेहरु बाँकेलगायत ४७ जिल्लाका मानिसहरु छन् । सबै जनाको सीमा नाका जमुनाहामा आरटीडी परीक्षण गरी सम्बन्धित जिल्ला पठाइने प्याकुरेलले बताए । उनले भने, ‘बाँकेका सबैलाई सम्बन्धित स्थानीय तहमै पठाइनेछ । नेपालगन्जका सबैलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिनेछ । अरु जिल्लाको हकमा सम्बन्धित जिल्लामा पठाइने व्यवस्था गरिएको छ ।’ उनीहरुको बिहान साढे ७ बजेदेखि कोेरोना परीक्षण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *