आरडीटी पोजेटिभ भएका भारतबाट आएका ३ नेपालीको कोरोना रिपोर्ट नेगेटिभ

नेपालगन्ज : नेपालगन्जको सीमा नाका जमुनाहामा आरडीटीबाट कोरोना परीक्षण गर्दा पोजेटिभ आएका तीन जनाकै पीसीआर प्रविधिबाट कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । भारतबाट आएका ४ सय ६६ जनामध्ये कालिकोट, सुर्खेत र नुवाकोटका एक एक जनामा आरडीटीको रिपोर्ट नेगेटिभ आएको हो ।