शनिबार बिहानसम्म थप ९ जनामा कोरोना पुष्टि

नेपालगन्ज : देशका विभिन्न जिल्लामा शनिबार बिहानसम्म ९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान १० बजे ६ जना र ११ बजे ३ जनामा कोरोना पुष्टि गरिएको विज्ञप्तीमा जनाएको छ । बर्दियामा भेटिएका संक्रमितबारे जिल्लाकै स्वास्थ्यकर्मीले कहाँको हो भन्ने पत्ता लगाउन सकेका छैनन् ।