कर्णालीबाहेक ६ प्रदेशमै कोरोना संक्रमण (सूचीसहित)

नेपालगन्ज : नेपालमा कर्णाली प्रदेशवाहेकका ६ प्रदेशमा कोरोना संक्रमण देखिएको छ । देशका २६ जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शनिबार भिडियो पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार सबैभन्दा बढी संक्रमित प्रदेश २ र ५ मा १०९/१०९ जनामा कोरोना पुष्टि भएको छ । सबैभन्दा कम गण्डकी प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश १ मा ३६ जना र बागमति प्रदेशमा १६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।