प्रदेश २ का सबै जिल्लामा कोरोना संक्रमण (सूचीसहित)

पर्साले नेपालकै सबैभन्दा धेरै संक्रमित जिल्लाको रेकर्ड बनाएको छ भने वीरगन्ज उपमहानगरपालिकामा पनि देशमा सबैभन्दा बढी संक्रमित छन्

नेपालगन्ज : प्रदेश २ का सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
देशका २६ जिल्लामा कोरोना संक्रमण देखिएकोमा प्रदेश २ का ८ वटै जिल्लामा कम्तीमा एउटादेखि बढीमा ९१ जनासम्म कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशमा सबैभन्दा बढी संक्रमित पर्सा जिल्लामा ९१ जना छन् । जुन देशमै सबैभन्दा बढी संक्रमित भएको जिल्ला हो । पर्साको वीरगन्ज महानगरपालिकामा मात्रै संक्रमितको संख्या ८२ पुगेको छ । ३१ वैशाखमा एकैदिन पर्साका ५७ जनामा कोरोना संक्रमण पाइएको थियो । तीमध्ये ४३ जना वीरगन्ज महानगरपालिका र १४ जना छिपहरमाइ गाउँपालिकाका हुन् । यसअघि ३० चैत्रदेखि २८ वैशाखसम्म फेला परेका २५ जना पनि वीरगन्जकै थिए ।
त्यसपछिको धेरै संक्रमित भएको जिल्ला धनुषा हो । जहाँ चार जना संंक्रमित छन् । प्रदेश २ का रौतहट, बारा, सर्लाही र महोत्तरी तीन तीन जना, सप्तरी र सिराहामा एक एक जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार अपरान्हसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ७८ पुगेको छ ।