नरैनापुरको कोरोना संक्रमितसँग सम्पर्क भएका २६३ को थ्रोट स्वाब संकलन

File photo

नेपालगन्ज : बाँकेको दुर्गम नरैनापुरका ८ जना संक्रमितसँग सम्पर्क भएका दुई सय ६३ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शनिबार दिनभर संक्रमितसँग सम्पर्कमा आएका लक्ष्मणपुरका ८७, हुलासपूर्वाका ७०, दीपेन्द्र माविका ३९, जयकिशन माविका ५५ र अन्य १२ जनाको स्वाब संकलन गरिएको हो ।
१७ फागुनदेखि बाँकेमा पीसीआर प्रविधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन सुरु भएकोमा अहिलेसम्म एक हजार तीन सय ८२ जनाको कोरोना परीक्षण भइसकेको छ । जसमध्ये ३३ जनामा कोरोना पुष्टि भएको छ ।