मुम्बइबाट आएर नरैनापुरको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिका ५ को दीपेन्द्र प्राविको क्वारेन्टाइनमा बसेका एक युवकको आइतबार बिहान पौने सात बजेतिर मृत्यु भएको छ ।
नरैनापुर गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत मणिराज खरालका अनुसार उनलाई ज्वरो आएर उल्टी भएको थियो । उनी केही दिन अघि भारतको मुम्बईबाट आएका थिए । उनको शनिबार मात्र कोरोना परीक्षणका लागि स्वाब संंकलन गरिएको थियो । त्यो क्वारेन्टाइनमा रहेका ३९ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोेरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । यसअघि सोही क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरुलाई दांगको आइसोलेसन अस्पतालमा राखिएको छ ।