नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु, नरैनापुरको क्वारेन्टाइनका युवाको मृत्यु कोरोनाबाट भएको मन्त्रालयद्वारा पुष्टि

नरैनापुर ५ को दीपेन्द्र प्राविको क्वारेन्टाइन जहाँ युवाको कोरोनाबाट मृत्यु भएको थियो । फोटो सौजन्य : मधु पौडेल

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिका-५ को दीपेन्द्र प्राविको क्वारेन्टाइनका युवाको मृत्यु कोरोनाबाट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार अपरान्ह गरेको भिडियो पत्रकार सम्मेलनमा युवाको मृत्यु कोरोनाबाट भएको पुष्टि गरेका हुन् । आइतबार बिहान ६ः४० मा युवकको मृत्यु भएको थियो । नरैनापुर गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत मणिराज खरालका अनुसार उनलाई ज्वरो आएर वान्ता गरेका थिए ३० वैशाखमा उनी भारतको मुम्बईबाट आएका थिए । यसअघि सोही क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरुलाई दांगको आइसोलेसन अस्पतालमा राखिएको छ ।