लकडाउन २० जेठसम्म गर्ने सरकारको निर्णय

नेपालगन्ज : सरकारले लकडाउन २० जेठसम्म गर्ने निर्णय गरेको छ।
कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समिति बैठकले गरेको सिफारिसका आधारमा आइतबार बसेको मन्त्रिपरिषद्ले लकडाउनको समय जेठ २० गतेसम्म गर्ने निर्णय गरेको हो । नेपालमा ११ चैत्रदेखि लकडाउन जारी छ ।