नरैनापुरका ४७ संक्रमितलाई लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन अस्पताल बनाएर राख्ने तयारी

लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र

नेपालगन्ज : नरैनापुरका ४७ जना कोरोना संक्रमितहरुलाई नरैनापुरमै आइसोलेसन अस्पतालको रुपमा स्थापना गरेर राखिने तयारी भएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार भेरी अस्पताल नेपालगन्जको मातहतमा रहने गरी नरैनापुरकै लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन अस्पतालका रुपमा सञ्चालन गरिने बताए । उनले भने, ‘खजुराको क्यान्सर अस्पतालकै मोडलमा यो आइसोलेसन अस्पताल पनि सन्चालन हुनेछ ।’ यो स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी भए पनि विगत केही वर्षदेखि डाक्टरविहीन रुपमा रहेको छ ।