सिंगो नरैनापुर गाउँपालिका नै शील

नेपालगन्ज : जिल्ला सुरक्षा समितिले बाँकेको नरैनापुर गाउँपालिकालाई शील गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको समितिको बैठकले गाउँपालिकामा कोरोना संक्रमित संख्या ५५ पुगिसकेको र कोरोना संक्रमित एक जनाको मृत्यु भएपछि गाउँपालिकालाई शील गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले नरैनापुरलाई उच्च जोेखिमयुक्त क्षेत्र घोषणा गर्दै शील गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सूचना जारी गरेर जनाएका छन् । गाउँपालिकाका सबै वडाहरुमा अत्यावश्यक बाहेकका सम्पूर्ण आवागमनमा रोक लगाइएको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *