नरैनापुरका ५९ लाई नेपालगन्जको लायन्स डेन्टलको आइसोलेसनमा राखिँदै

नेपालगन्ज उपमहानगरपालिकाले लायन्स डेन्टल अस्पतालमा निर्माण गरेको आइसोलेसन कक्ष । फाइल फोटो

नेपालगन्ज : बाँकेको नरैनापुरको सोमबार कोरोना संक्रमण पुष्टि भएका ५९ जनालाई नेपालगन्जको लायन्स डेन्टल अस्पतालमा बनाइएको आइसोलेसन कक्षमा राखिने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले मंगलबार दिउँसो सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेखेर आइसोलेसनको तयारी भइरहेको बताएका छन् ।
सोमबार साँझ नरैनापुरको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन बनाएर राख्ने निर्णय भएको थियो । स्थापनाकालदेखि दरबन्दीमा रहेका चिकित्सकविहीन बनेको केन्द्रमा उपयुक्त नहुने गाउँपालिकाको नेतृत्वले असहमति जनाएको थियो । मंगलबार नेपालगन्ज र कोहलपुरमा आइसोलेसन बनाउने निर्णय भएकोे हो ।