सन्चारकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

मानबहादुर ठकुल्ला । टीकापुर

कैलालीको टीकापुर नगरपालिका -८ को धनसिंहपुर कृषि सहकारी संस्थाले सन्चारकमीहरुका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
सहकारी संस्थाका अध्यक्ष धनसिंह साउदले मंगलबार एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । संस्थाका अध्यक्ष साउँदले २५ थान सेनिटाइजर २ पाकेट मास्क र २ पाकेट पन्जासमेत हस्तान्तरण गरिएको जानकारी दिए । सन्चारकर्मीलाई समाचार संकलनमा हौसला प्रदान गर्नका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा महासंघका उपाध्यक्ष भण्डारीले धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *