सरकारको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड (पूर्णपाठसहित)

चालु वर्षभन्दा ५८ अर्बले कम बजेट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गत वर्षभन्दा २२ अर्ब ९ करोडले बढी र कोरोना संक्रमितहरुको उपचारका लागि ६ अर्ब विनियोजन

नेपालगन्ज : संघीय सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ प्रस्तुत गरेको छ।
बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले अघिल्लो वर्षभन्दा ५८ अर्बले कम बजेट प्रस्तुत गरेका हुन् । गत वर्ष चालू आवका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड ७१ लाख रुपैयाँको बजेट पेश भएको थियो।
सरकारले बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गत वर्षभन्दा २२ अर्ब ९ करोडले बढी अर्थात ९० अर्ब ६९ करोड बजेट छुट्याएको छ । गत वर्ष ६८ अर्ब ७८ करोड विनियोजन गरिएको थियो ।
कोरोना संक्रमितहरुको उपचारका लागि ६ अर्ब छुट्याइएको छ भने संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूको लागि ५ लाखको बिमाको व्यवस्था गरिएको छ ।
प्रदेश र स्थानीय सरकारले संघीय सरकारबाट १ खर्ब ४५ अर्ब २२ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका छन् । यस अनुसार प्रदेशले ५५ अर्ब १९ करोड र स्थानीय तहले ९० अर्ब ५ करोड वित्तीय समानिकरण अनुदान प्राप्त गर्ने भएका छन् । आगामी आवमा सशर्त अनुदानतर्फ भने प्रदेशले ३६ अर्ब ३५ अर्ब र स्थानीय तहले १ खर्ब ६१ अर्ब ८ करोड पाउने छन् ।