कैलालीका पत्रकार विकमाथि दुर्व्यवहार

नेपालगन्ज : कैलालीका पत्रकार भीम विकमाथि दुर्व्यवहार भएको छ ।
नेपाल पत्रकार महासंघ कैलालीका सदस्य रहेका विकलाई खक्रौला नाकामा स्थानीयहरुले बाटो अवरुद्व गरेको विषयमा फेसबुकमा स्टाटस लेखेकोमा केही व्यक्तिहरुले गाली, गलौज र दुर्व्यवहार गरेका हुन् । खक्रौला नाकामा स्थानीयहरुले भारतबाट कोइलालगायतको सामानको मालबाहक गाडी आउँदा कोरोनाको जोखिम बढेको भन्दै दुई दिनदेखि सडकका अवरोध गरेका छन् ।
पत्रकार विकमाथि भएको दुर्व्यवहारको सीमा सन्चारकर्मी समूहले विज्ञप्ती निकालेर दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज डीएसपी मनोहर भट्टले पत्रकारलाई दुर्व्यवहार भएको खबर पाएपछि सो विषयमा बुझिरहेको र सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *