बाँके दुर्घटनाका घाइते भन्छन् : अत्याधिक मदिरा सेवन दुर्घटनाको कारण (भिडियो सहित)

 

दुर्घटनाका घाइते सिद्धकुमाख गाउँपालिका ४ सल्यानका लोकेश घर्ती । भिडियो र फोटो सौजन्य : खम्बप्रसाद पुन

नेपालगन्ज : बाँकेमा आईतबार राती भएको फोर्स गाडी दुर्घटनाको कारण अत्याधिक मदिरा सेवन गरी सवारी चलाएकाले  भएको दुर्घटनाका घाईतेले बताएका छन । चालकले अत्याधिक मदिरा सेवन गरी तिब्र गतिमा गाडी चलाएका कारण रोकी राखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शी दुर्घटनाका घाईते सिद्धकुमाख गाउँपालिका ४ सल्यानका लोकेश घर्तीले बताए । ‘पहिला आफुहरुसंग कुरा गर्नेबेला मदिरा सेवन नगरेपनि पछि ड्राइभर लगायत गाडी स्टाफले रक्सि खाएर तिब्र गतिमा चलाएको थियो’ उनले भने ‘दुर्घटना हुँदा म निदाएको थिए, एक्कासी चोट लागेपछि बिउँझीदा यस्तो डरलाग्दो अवस्था देखे ।’

घाईते घर्तीका अनुसार नेपालगन्जको जमुनाह नाकाहुँदै सल्यानसम्मको भाडा गाडीवालाले १ हजार ७ सय रुपैया पहिले नै लिईसकेको थियो । जसमध्य आफुहरु सल्यानका ९ जना र अरु दाँग, रोल्पा लगायत जिल्लाका गरी ३३ जना सवार रहेका    थिए ।
शनिबार राती करिव १२ बजेतिर ना ५ ख ५९९५ नम्बरको उक्त फोर्स गाडी राप्ती सोनारी गाउँपालीका वडा नम्वर २ को ठुरिया जंगलमा बा ४ ख ९०६४ नम्बरको रोकि रहेको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन । घाइतेको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । मृतकको अझै सनाखत हुन सकेको छैन । मृतक सबैको कोरोना परिक्षण गरेर आफन्तको जिम्मा लगाईने भेरी अस्पतालले जनाएको छ ।

हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *