एकैदिन रौतहटमा ७४ सहित देशभर २८८ नयाँ संक्रमित

नेपालगन्ज : रौतहटमा मंगलबार एकैदिन ७४ जनासहित देशभर दुई सय ८८ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित भिडियो पत्रकार सम्मेलनमा २६ जिल्लाका दुई सय ७० पुरुष र १८ महिलामा कोरोना संक्रमण भएको जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । कोरोनाबाट अहिलेसम्म ८ जनाको मृत्यु भएको छ । मंगलबार एकैदिन ४५ जनासहित दुई सय ६६ जना कोरोना निको भएर घर फर्केका छन् ।