कोरोनाबाट भारतमा ५ हजार ८१५ जनाको मृत्यु
नेपालगन्ज : भारतमा कोरोना भाइरस (कोभिड १९) बाट पाँच हजार आठ सय १५ जनाको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधबार बिहान ११ बजेसम्म दुई लाख सात हजार ६ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा कोरोनाबाट मृत्यु भएकामध्ये झन्डै आधा महाराष्ट्रका छन् । जहाँ दुई हजार चार सय ६५ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा भने दुई सय २२ जनाको मृत्यु भएको छ ।