नरैनापुरका १२ संक्रमित निको भएर घर फर्के (फोटो फिचर)

नेपालगन्ज ८ जोलाहनपूर्वाकी ५५ वर्षीया महिला ३० दिनमा घर फर्किन

नेपालगन्ज : बाँकेको कोरोना रेडजोन नरैनापुरका १२ जना १५ दिनमै कोरोना जितेर घर फर्केका छन् ।
नेपालगन्जको खजुरारोडस्थित लायन्स डेन्टल अस्पतालको आइसोलेसनमा राखिएका उनीहरुलाई नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, लायन्सकर्मी शेम शाक्य र नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले विदाइ गरेका थिए । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार २५ वैशाखदेखि खजुराको आइसोलेसनमा उपचार गराइरहेकी नेपालगन्ज ८ जोलाहनपूर्वाकी ५५ वर्षीया महिला पनि निको भएर घर फर्केकी छन् ।