कोरोनाबाट सुर्खेतमा एक जनाको मृत्य, शुक्रबार एकैदिन दैलेखमा ९० सहित देशभर २७८ नयाँ संक्रमित पुष्टि

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट सुर्खेतका २८ वर्षका युवाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुने नेपालका ११औं व्यक्ति हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले अपरान्ह भिडियो पत्रकार सम्मेलनमा सुर्खेत पञ्चपुरीका युवाको बिहीबार मृत्यु भएको पुष्टि गरे । उनी १४ दिन क्वारेन्टाइनमा बसेर आरडीटी नेगेटिभ भएर घर फर्केका थिए । शुक्रबार देशभर एकैदिन दुई सय ७८ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् । तीमध्ये दैलेखका मात्र ९० जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नौ सय १२ पुगेको छ । जसमा एक सय ९५ जना महिला छन् ।