देशका संक्रमितमध्ये दुई तिहाइ प्रदेश ५ र २ मा (सूचीसहित)

प्रदेश २ र सुदूूरपश्चिमका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ भने देशका ९ जिल्ला मात्र कोरोना संक्रमणबाट जोगिएका छन्

नेपालगन्ज : नेपालका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण ९ जिल्लाबाहेक ६८ जिल्लामा फैलिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार बिहानसम्मको तथ्याङ्क अनुसार प्रदेश २ र सुदूरपश्चिमका सबै जिल्लामा संक्रमण पुष्टि भइसकेको छ । कणालीका ३, प्रदेश १ र गण्डकी प्रदेशका २ का साथै बागमति र प्रदेश ५ मा एक एक एक जिल्लामा मात्र कोरोना संक्रमण भएको छैन ।
मन्त्रालयका अनुसार देशभरी दुई हजार नौ सय १२ जनामा संक्रमण पुष्टि हुँदा प्रदेश २ र प्रदेश ५ का संक्रमति मात्र दुई तिहाइभन्दा बढी छन् । प्रदेश २ मा मात्र देशका कूूल संक्रमितकोे ३४.१० प्रतिशत (नौ सय ९३) र प्रदेश ५ मा ३३.१३ प्रतिशत (नौ सय ६५) संक्रमित छन् । नेपालमा सबैभन्दा कम संक्रमित गण्डकी प्रदेशमा १.९५ प्रतिशत अर्थात ५७ जनामा मात्र कोरोना पुष्टि भएको छ ।
नेपालमा कोरोनाबाट तीन सय ३३ जना निको भएर घर फर्केका छन् भने ११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।