गुलरियामा एकैैवडाका ९ सहित बर्दियामा २८ मा कोरोना पुष्टि

बाँकेमा खजुरामा ८, बैजनाथमा ३ र नेपालगन्जमा एक जनामा कोरोना संक्रमण

नेपालगन्ज : बाँके र बर्दियामा एकैदिन ४० जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा बर्दियामा २८ र बाँकेमा १२ जनामा कोरोना पुष्टि भएको सूचना अस्पतालले फेसबुक पेजमा राखेको छ ।
बर्दियामा सबैैभन्दा बढी संक्रमित गलरिया नगरपालिकामा पुष्टि भएका छन् । संक्रमितमध्ये नगरपालिकाको वडा नं. ३ का नौ जना, एक एक जना वडा नं. ६ र १० का छन् ।
राजापुर नगरपालिका र बाँसगढी नगरपालिकामा पाँच पाँच जनामा कोरोना पुष्टि भएका छन् । राजापुरको तीन जना वडा नं. १० का र दुई जना वडा नं. ८ का छन् । बाँसगढीको वडा नं. ९ का ३, वडा नं. २ र ६ का एक एक हुन् । त्यसैगरी मधुवन नगरपालिकाको वडा नं. २ र वडा नं. ५ का दुई दुई जना गरी चार जनामा कोरोना संक्रमण भएको छ । बढैयाताल गाउँपालिकाका थप तीन जनामा संक्रमति देखिएको छ । वडा नं. ७ का दुई जना र वडा नं. ६ का एक जना छन् ।
बाँकेका १२ मध्ये खजुरा गाउँपालिकामा ८ जना नयाँ संक्रमित थपिएका हुन् । उनीहरु ७ जना वडा नंं. ४ का र एक जना वडा नं. ५ का हुन् । बैजनाथका तीन जनामध्ये दुई जना वडा नं. ६ का र इक जना वडा नं. २ का रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका १ का एक महिलालार्ई पनि कोरोना पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।