देशमा धेरै संक्रमित हुनेमा पहिलो कपिलवस्तु, चौथो बाँके र आठौं रुपन्देही प्रदेश ५ का जिल्ला (सूचीसहित)

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट नेपालका ७१ जिल्लाका तीन हजार चार सय ४८ जनामा संक्रमित पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार अपरान्हसम्म नेपालमा एक सयभन्दा बढी कोरोना संक्रमितको जिल्ला ९ पुगेको छ । जसमा प्रदेश २ का चार जिल्ला, प्रदेश ५ का तीन जिल्ला, प्रदेश १ र कर्णाली प्रदेशका एक एक जिल्ला रहेका छन् । नेपालमा सबैभन्दा धेरैै संक्रमित कपिलवस्तु जिल्लामा पाँच सय २९ जना रहेका छन् । दोस्रो धेरै रौतहटमा ३९३, तेस्रो दैलेखमा ३४७, चौथो बाँके २७०, पाँचौं सर्लाही १७८, छैटौं झापा १३१, सातौं पर्सा ११५, आठौं रुपन्देही र नवौं धनुषामा १०४ जना रहेका छन् ।