कोरोनाबाट २७ हजारभन्दा बढी मृत्यु हुने देश यी हुन् (सूची)

नेपालगन्ज : विश्वभर कोरोना संक्रमितको संख्या ७० लाख ९२ हजार नौ सय १९ जना पुग्दा चार लाख ६ हजार दुई सय सात जनाको ज्यान गएको छ ।
विश्वमा कोरोना महामारीको रेकर्ड अपडेट गर्ने वेभसाइट वल्र्डोमिटर्स डट इन्फोको सोमबार मध्यान्न १२ः३० सम्मको रेकर्ड अनुसार विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित र मृत्यु अमेरिकामा छ । जहाँ एक लाख १२ हजार जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
विश्वमा कोरोनाबाट २७ हजारभन्दा बढी मृत्यु हुने देशको सूचीमा दोस्रो नम्बरमा बेलायत, तेस्रो ब्राजिल, चौथो इटली, पाँचौं फ्रान्स र छैटौं स्पेन रहेको छ ।