नगरको पहिलो संक्रमित पति-पत्नी !

नेपालगन्ज : बर्दियाको बारबर्दिया नगरपालिकामा पहिलो पटक कोरोना संक्रमित हुने दुई जना पति–पत्नी भएको खुलेको छ ।
नगर प्रमुख दुर्गाबहादुर थारुका अनुसार बारबर्दिया ७ रम्मापुर ३४ वर्षका पति र ३३ वर्षकी पत्नीमा कोरोना संक्रमण भएको हो । सुदूरपश्चिम प्रदेशको गौरीफन्टा नाकाबाट उनीहरु १६ दिनअघि भारतको राजस्थानबाट घर फर्केका थिए । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । कोरोना परीक्षण गरेर घर फर्काउने बेलामा रिपोर्ट पोजेटिभ आएको हो । नगर प्रमुख थारुले संक्रमित दम्पतिलाई जयनगरस्थित आइसोलेसनमा राखिनेछ ।