सर्लाहीमा १०६ सहित देशभर एकैदिन ३१४ नयाँ संक्रमित

स्याङ्जा वालिङका ५८ वर्षका पुरुषको कोरोनाबाट मृत्यु, देशभर कोरोनाबाट मृत्यु भएको संख्या १४ पुग्यो

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट सोमबार नेपालमा एकैैदिन तीन सय १४ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको अनुसार सर्लाही जिल्लाको विष्णु गाउँपालिका, मधुवन, ब्रह्मपुरी, कविलास र ईश्वरपर क्वारेन्टाइनमा बसेका एक सय तीन पुरुष र तीन जना महिला गरी एक सय ६ जनामा कोरोना पुष्टि भएको बताए । यो सँगै नेपालका ७१ जिल्लामा कोरोना संक्रमितको संख्या तीन हजार सात सय ६२ पुगेको छ । जसमा महिलाको संख्या दुई सय ५६ जना रहेका छन् ।

फेरि एकको मृत्युु
स्याङ्जा वालिङ नगरपालिका ३ का ५८ वर्षका एक जनाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।