बर्दियामा १ र बाँकेमा थप ८ मा कोरोना

नेपालगन्ज : बाँके र बर्दियाका थप ९ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जको कोरोना प्र्रयोगशालामा गरिएको परीक्षणमा सोमबार साँझ ६ः१५ बाँकेको नेपालगन्ज उपमहानगरपालिका ४, १३ र २० नम्बर वडाका ३ जना, खजुराका २, ३ र ५ नं. वडाका एक एक जना र वडा नं. ४ का दुई जनामा कोरोना पुष्टि भएको हो । बर्दियाको मधुवन नगरपालिका ६ का एक जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।