नरैनापुरका ९६ प्रतिशत संक्रमित निको भए

नेपालगन्ज :  बाँकेको कोरोना रेडजोन नरैनापुरका झन्डै ९६ प्रतिशत संक्रमित निको भएर घर फर्केका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नरैनापुरका कूल एक सय १८ संक्रमितमध्ये एक सय १३ जना कोरोना निको भएर घर फर्केका छन् । जुन कूल संक्रमितको ९५.७६ प्रतिशत हो ।
बाँके जिल्लाभरी दुई सय ९६ जना कोरोना संक्रमित रहेकामा निको भएर घर फर्कने एक सय ६४ रहेका छन् । जुन कूल संक्रमितको ५५.४० प्रतिशत हो । नेपालगन्जका ३८ मध्ये ३२, खजुराका २४ मध्ये ४, बैजनाथका १४मध्ये ७ र राप्ती सोनारीका ३२ मध्ये ८ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । जानकी गाउँपालिकाका ४१, डुडुवा गाउँपालिकाका २५, र कोहलपुरका ४ मध्ये कोही पनि निको भएर घर फर्केका छैनन् । यी अधिकांश नयाँ संक्रमित हुन् ।