नेपालमा कोरोनाबाट मृत्यु हुने १८ पुगे

नेपालगन्ज : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पर्साको वीरगञ्ज महानगरपालिका घण्टाघर नजिकै मृत भेटिएका २५ वर्षीय पुरुष र बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर ६ मा निधन भएका पाँच वर्षीय बालकको पनि कारोना संक्रमणको पुष्टि भएको बताए । दुई जनासँगै नेपालमा कुल मृतकको सँख्या १८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा दुई सय ७३ जना कोरोना संक्रमित थपिएका छन् । अहिलेसम्म ९ सय १३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *