संक्रमित व्यक्तिका ८ घर सिल ! 

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा सोमबार कोरोना संक्रमण पुष्टि भएका ८ को घर मंगलबार सिल गरिएको छ ।
भारतको विभिन्न राज्यबाट धनगढीको गौरी फन्टाहुँदै टीकापुर आएका उनीहरुलाई टीकापुर २ जनजागृती मावि सीतापुरको क्वारेनटाइनमा राखिएको थियो । उनीहरुलाई कोरोना परीक्षणको रिपोर्ट नआउँदै आइतबार घर पठाइएको थियो । टीकापुर ८ का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्लाले सोमबार वडा न ८ का ७ जना र वडा नं. १ का एक जनामा कोरोना पुष्टि भएपछि उनीहरुको घर १४ दिनसम्म सिल गरिएको बताए । संक्रमितका परिवारका सबै सदस्यको पनि कोरोना परीक्षण गरिने बताए । संक्रमितले १९ दिनसम्म सीतापुर विद्यालयको क्वारेनटाइनमा बस्दा कोरोनाको कुनै पनि लक्षण नदेखिएको र कोरोना पोजेटिभ आउँदा पनि लक्षण नदेखिएको बताउका छन् । संक्रमितहरुलाई सोमबार राति नै आइसोलेसनमा राखिएको थियो ।