एकैसाथ ४ सय जनाको सूर्य नमस्कार

नेपालगन्ज : द आर्ट अफ लिभिङ नेपालको आयोजनामा आइतबार देशैभरी एकैसाथ चार सयभन्दा बढीले एक साथ अनलाइनबाट सूर्य नमस्कार गरेका छन् ।
छैठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजना गरिएको योगाथन कार्यक्रममा उनीहरुले १०८ राउण्ड (५४ सेट) सूर्य नमस्कार प्रतियोगितामा पनि उनीहरुले भाग लिएका हुन् । बिहान साढे ५ बजेदेखि सुरु गरिएको यो प्रतियोगिता सात बजेसम्म चलेको थियो । १०८ राउण्ड सूर्य नमस्कार पूरा गर्नेले स्वर्ण पदकको प्रमाणपत्र र सहभागी सबैलाई प्रमाणपत्र उपलब्ध गराइने कार्यक्रम संयोजक काव्य लम्सालले बताए ।