बाँके प्रहरी प्रमुख रानाका १७ प्राथमिकता

 नेपालगन्ज : बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जिल्लाको सुरक्षा व्यवस्थाका सम्बन्धमा १७ बुँदे प्राथमिकता सार्वजनिक गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार कार्यालय परिसरमा टेन्ट टाँगेर आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एसपी रानाले छिटो, छरितो, सरल र समान र नागरिकमुखी सेवा प्रवाहलाई एक नम्बर प्राथमिकतामा राखेका छन् । उनको प्राथमिकताको १७औं नम्बरमा भने कोरोना भाइरस संंक्रमण रोकथाम, नियन्त्रण र प्रभावकारी व्यवस्थापन रहेको छ । पत्रकारको जिज्ञासामा भने उनले लागू औैषध नियन्त्रण पनि आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताएका थिए । उनले भने, ‘खुला सीमाका कारण लागूऔषधको ओसारपसार र सेवन बढ्दो देखिन्छ । यसको नियन्त्रण पनि प्रहरीको प्राथमिकता नै पर्छ ।’ उनको सार्वजनिक गरेको प्राथमिकताको सूूचीमा भने लागू औषध दुव्र्यसनी तथा ओसारपसार तथा कारोबार नियन्त्रण र न्यूनिकरणलाई ७औं नम्बरमा राखिएको छ ।