नेपालमा रसुवा मात्र कोरोनाबाट अछुतो !

नेपालगन्ज : नेपालमा ७६ जिल्लामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको बताए । पछिल्लो २४ घण्टामा थप पाँच ३५ जना थपिएका थिए । यससँगै कुल संक्रमितको संख्या नौ हजार पाँच सय ६१ पुगेको छ । कोरोनाबाट २३ जनाको मृत्यु भएको छ भने दुई हजार एक सय ४२ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । सोमबार मात्र तीन ७० जनाले कोरोना जितेर घर फर्केका छन् ।