११ वर्षदेखि प्रहरीको ‘मोस्ट वान्टेड’ पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका राजेश यादव र इन्सेटमा उनको सिरानीबाट बराबद गरेका तरवार र चक्कु । फोटो : मेरो खुसी

नेपालगन्ज : बाँके जिल्लामा जघन्य अपराधका ९ मुद्दामा फरार एक जना व्यक्ति ११ वर्षदेखि पक्राउ परेका छन् ।
मंगलबार बिहान पक्राउ परेका डुडुवा गाउँपालिका ५ का धर्मा सिंह भन्ने राजेश यादवलाई बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् ।
तीन वटा बम विष्फोटन र एउटा अपहरण मुद्दामा जिल्ला अदालत बाँकेले ६ महिनादेखि ६ वर्षसम्म कैैद र ५ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँ जरिवाना गरे पनि यादव फरार थिए । प्रहरीले पक्राउ परेका यादवको विस्ताराको सिरानीबाट तरवार र एक थान चक्कु पनि बरामद गरेको थियो । लकडाउनको बेलामा भारतबाट आएर २३ दिनदेखि घरमा लुकेर बसेका थिए । विगतमा सशस्त्र भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) मा आबद्ध रहेर हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम विष्फोट तथा फिरौती रकम माग गर्ने जस्ता अपराधमा संलग्न भएको एसपी रानाले बताए ।
४ माघ २०६८ मा साबिक होलिया गाविस २ का बहादुर यादवको कर्तव्य ज्यान मुद्दा, २१ भदौ ०६६ मा छन्दविक्रम मल्ललाई अपहरण गरी हत्या गरेको, २६ जेठ ०६५ मा राजेश यादवको ज्यान मार्ने उद्योग मुद्दा, १७ पुस ०६६ मा हातहतियार खरखजना मुद्दा र १ पुस ०६६ मा राजेशकुमार लोनियालाई अपहरण गर्ने धम्की दिएको मुद्दाका पनि यादव फरार अभियुक्त हुन् ।