खजुराको प्राथमिकता : शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकास

नेपालगन्ज: कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, पुर्वाधार र रोजगारीलाई प्राथमिकतामा राख्दै खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रमको प्रस्तुत गरेको छ ।
गाउँपालिकाको सातौं गाउँसभामा अध्यक्ष प्रमुख किस्मत कुमार कक्षपतिले कृषिको आधुनिकिकरण र व्यवसायिककरण गर्न सहुलियत विउ विजन, सिचाई, प्रविधि, तालिम, पकेट क्षेत्र स्थापना गरिने नीति लिइएको बताए । बाँझो जग्गाहरुको एकिकृत संकलन गरि पुन उपयोगको व्यवस्था मिलाउन भुमि बैंकको अवधारणा अघि बढाइने छ । उक्त कार्यलाई प्रोसाहन गर्न सहुलियत मिलाउने र अनुदानका कार्यक्रम सन्चालन गर्नेका साथै कोभिड १९ विशेष कृषि कार्यक्रम सन्चालन गरिने नीति लिइएको उनको भनाई थियो ।
गाउँपालिकाले शिक्षाक्षेत्र लाई प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न क्रियाकलाप गरिने जनाएको छ । प्रदेश सरकारबाट घोषणा भएको प्रदेशस्तरिय विश्व विद्यालय स्थापना र सन्चालनमा ल्याउन गाउँपालिकाबाट आवश्यक सहयोग उपलव्ध गराइने नीति लिइएको छ ।
त्यस्तै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिकाले आगामी आर्थिक बर्षमा पहल गरिने नीति लिएको छ । बुधबार प्रस्तुत गरिएको गाउँसभामा पुर्वाधार विकास तर्फ सडक, तथा पुल, सिचाई, लघु तथा साना जलविद्युत लगाएतका विकास गर्दा बातावरण मैत्रि गुणस्तरिय विकासमा जोड दिइने बताईएको छ । सुशासन, पारदर्शिता, जवाफदेहिता, र उत्तरदायि शासन प्रणाली तथा भ्रष्टाचारमुक्त समाज निर्माण गर्न निति लिइएको छ । गाउँपालिकाको सिफारिसमा उद्यम गर्ने युवाहरुलाई बैंक वित्तीय सस्थामार्फत १० लाख सम्म विना धितो कर्जा उपलव्ध गराउन सक्ने व्यवस्था मिलाइने नीति गाउँपालिकाका प्रमुख कक्षपतिले प्रस्तुत गरेका छन । स्थानिय स्रोत साधनको पहिचान गरि यसको अधिकतम उपयोग गर्ने, रोजगारिको अवसर सिर्जना गरि गरिवी न्यूनिकरण गर्ने नीति लिइएको कक्षपतिले जनाए ।