३९ दिनमा २५ मृत्यु, कुन जिल्लाका कति

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट नेपालमा ३९ दिनको अवधिमा १६ जिल्लाका २४ जनाको मृत्यु भएको छ ।
२ जेठमा कोरोनाबाट पहिलो मृत्यु सिन्धुपाल्चोककी २९ वर्षीया एक महिलाको भएको थियो । १० असारको राति ११ः३५ बजे स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारको क्रममा निधन भएको हो । उनलाई निमोनिया र मधुमेहको स्वास्थ्य समस्या थियो ।
देशमा प्रदेश १ बाहेक सबै प्रदेशमा कोरोनाबाट मृत्यु भएको छ । कूल मृतकको एक तिहाइ संख्या प्रदेश ५ मै छ । यो प्रदेशको गुल्मीमा ३, बाँके र अर्घाखाँचीमा दुई दुई र पाल्पामा एक जना गरी ८ जनाको कोरोनाबाट ज्यान गएको छ । सुदूरपश्चिम प्रदेशमा कैलालीमा ३ र बाजुरामा एक जना गरी चार जना, कर्णाली प्रदेशमा दैलेखमा २, सुर्खेत र डोल्पामा एक एक गरी ४, बागमतिमा ललितपुर, सिन्धुपाल्चोक, दोलखा र चितवनमा एक एक गरी ४, प्रदेश २ को बारामा २ र पर्सामा एक गरी ३ का साथै गण्डकी प्रदेशको स्याङ्जामा २ जनाको कोरोनाबाट ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार बिहानसम्मको तथ्याङ्क अनुसार देशभरी कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ जना र आइसोलेसनबाट डिस्चार्ज भएर घर फर्कने दुई हजार तीन सय ३८ जना छन् । नेपालमा एक लाख ९३ हजार एक सय ९४ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *