३०० बढी संक्रमित भएका जिल्ला (सूची)

कुनै बेला देशकै सबैभन्दा बढी संक्रमित भएको बाँके जिल्ला अहिले ९औं स्थानमा झरेको छ, बाँकेमा संक्रमित थपिनेभन्दा निको हुने संख्या बढ्दो

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट नेपालमा २६ जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार बिहीबार बिहानसम्मको रेकर्ड अनुसार देशका ७६ जिल्लामा ११ हजार एक सय ६२ जना संक्रमित छन् । देशमा तीन सय भन्दा बढी संक्रमित भएका जिल्लाको संख्या ११ पुगेको छ । धेरै संक्रमित हुने जिल्लाको पहिलो सूचीमा रौतहट जिल्ला छ । जहाँ एक हजार दुई सय ४१ जना संक्रमित छन् । दोस्रो नम्बरमा दैलेख सात सय ७१ संक्रमित र तेस्रो नम्बरमा कपिलवस्तुमा सात सय ६ जना संक्रमित छन् । पछिल्लो समय दैलेखले संक्रमणमा अरु जिल्लालाई उछिनिरहेको छ । देशमै ९औं स्थानमा झरेको छ । बाँकेमा कोरोना संक्रमितको संख्या तीन सय ५७ छ । बाँकेमा नयाँ संक्रमित थपिनेभन्दा निको हुनेको संख्या बढ्दो क्रममा रहेको छ ।