राष्ट्रिय वाणिज्य बैैंकका शाखा प्रबन्धक पक्राउ

नेपालगन्ज : राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाही शुक्रबार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सरकारी कागजात किर्ते गरी एक करोड २५ लाख रुपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दामा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले जानकारी दिए । प्रबन्धक शाहीलाई शुक्रबार नै जिल्ला अदालत बाँकेबाट अनुसन्धानका लागि म्याद गरिसकेको छ । नेपालगन्ज उपमहानगरपालिका-११ का सुनचाँदी व्यवसायी जसगढले जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्सा, कर तिरेको रसिद, मालपोत कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेर बैंंकबाट ऋण लिएको अभियोगमा २७ जेठमै पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *