जंगली च्याउ खाँदा दाङमा १४ बिरामी

नेपालगन्ज : दाङको तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवामा जंगली च्याउ खाँदा १४ जना बिरामी भएका छन् ।
५ नंं. प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार बिहीबार राति ८ बजेतिर जंगली च्याउ खाएर बिरामी भएकाहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बिरामी हुनेमा तुलसीपुर ५ की ३५ कि विमला विक, उनकी ११ वर्षकी छोरी र १० वर्षका छोरा, सोही टोलका ३६ वर्षका टेकबहादुर पुन, उनकी ३३ की पत्नी कमला र १९ वर्षको टोपेन्द्र बिरामी परेका थिए । त्यसैगरी सोही टोलकै चीनबहादुर रानाको ९ वर्षकी छोरी, र ५ वर्षको छोरा, ओसो घर्ती मगरको छोरी वर्ष १८ की निर्मला घर्ती मगर, २४ की खिमा पुन, १५ वर्षकी बालिका, वर्ष ३५ की विपना घर्ती, कमान सिंह पुनको छोरी १० वर्षकी छोरी र सल्यान छत्रेश्वरी गाउँपालिका ३ की १७ वर्षीया बालिका रहेका छन् ।