सामुदायिक वनद्वारा एम्बुलेन्स सेवा

टीकापुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रामलाल डगौरा थारू सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनसिंह साउँदलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्दै 

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहले एम्बुलेन्स सेवा सुरु गरेको छ ।
टीकापुर नगरपालिका वडा नं. ७ को ६ लाख रूपैयाँको आर्थिक सहयोग र सामुदायिक वनको संयुक्त लगानीमा एम्बुलेन्स खरिद गरेर सञ्चालन गरेको समूहका अध्यक्ष धनसिंह साउँद बताउँछन् । एम्बुलेन्स सेवाबाट विशेष गरी टीकापुर नगरपालिकाको वडा नं.६, ७, ८ र ९ का वासिन्दा लाभान्वित हुनेछन् । यसअघि पनि टीकापुर क्षेत्रमा पहिलो पटक सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहले एम्बुलेन्स सेवा दिदैं आएको थियो । बेत, बाँस र अजिङ्गरको रुपमा नेपालमा परिचत यो सामुदायिक वनले स्थानीयलाई आयआर्जनका कार्यक्रमसमेत सन्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *