नेपालका १४ हजार संक्रमित कहाँका कति

नेपालगन्ज : कोरोना भाइरस (कोभिड-१९) को संख्या नेपालमा १४ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार चार सय ८२ जनासहित नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको हो ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेश २ मा तीन हजार ८ सय ५६ र प्रदेश ५ मा तीन हजार आठ सय ४३ संक्रमित छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा दुई हजार सात सय, र्णाली प्रदेशमा एक हजार पाँच सय ८, गण्डकी प्रदेशमा १ हजार ५८, प्रदेश १ मा ६ सय २३, र बागमती प्रदेशमा चार सय ५८ संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
अछाम रामरोशन गाउँपालिका ५ का ४५ वर्षीय एक पुरुषको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । असार १३ गते बयलपाटा अस्पतालमा भर्ना भएका उनको असार १४ गते मृत्यु भएको थियो । उनी मधुमेहबाटसमेत पीडित थिए । मन्त्रालयका अनुसार कोरोना जित्नेको संख्या चार हजार ६ सय ५६ पुगेको छ। आइसोलेसनमा भने ९ हजार तीन सय ६० जनाको उपचार भइराखेको छ ।